Madhes Khabar
अर्थतन्‍त्र

नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब

काठमाडौं,२६जेठःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने दुई अर्ब रुपैयाँको व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरेको भन्दै अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर भएको बेला २० अर्ब हराएको भन्दै अर्को उजुरी परेको छ ।

नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा सो रकम खोजीका लागि उजुरी परेको हो । सोमबार मात्रै १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर महालेखा परीक्षकको कार्यालयमा बैंकका अध्यक्ष विरुद्ध २० अर्ब ४० करोड हराएको भन्दै खोजबिनका लागि उजुरी परेको थियो । सो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।

कुन शीर्षकमा सो रकम भेटिएन कहाँ गयो भन्ने केही जनाकारी छैन । यद्यपि बैंकबाट हराएको २० अर्ब ४० करोड १५ लाख बढी रकम खोजी गर्न माग गर्दै बैंकका शेयरधनी अंगराज भारतीले महालेखापरीक्षकको कार्यालयमा उजुरी गरेपछि सबैको चासो बढेको छ । ‘बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी, दोषिलाई कारवाही गर्न माग गरिएको छ ।

‘बैंकहरुले उत्पादनशिल क्षेत्रमा के कति कर्जा प्रवाह गरेका छन् भनि अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरु अध्ययन गर्ने क्रममा बैंकले करीब २० अर्व ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो’, उजुरीमा भनिएको छ, ‘सो विषयमा के भएको हो रु विस्तृत अध्ययन गरी अपचलन गर्ने जो कोहीलाई पनि आवश्यक कारवाहि गर्न हार्दिक अनुरोध गर्दछु ।’

बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योग तर्फ कर्जा सीमा रु ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोहि समयमा बैंकको वास्तविक कर्जा रु ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आई पुग्दा सोहि शिर्षकमा कर्जा सीमा रु २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ ।

नेपाल राष्ट्र बैंक अनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले रु ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।

त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुई वटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले उजुरी गरेका हुन् ।टपेन्द्र कार्की/नागरिक

 

Related posts

वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट

MadhesKhabar

सहकारीहरुलाई बलियो बनाउन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कर्जाको ब्याजदर पनि सामान्य घट्ने

MadhesKhabar

Leave a Comment