Madhes Khabar
अर्थतन्‍त्र

बाराका उद्योगहरुमा काटेको बिजुलीको लाइन तत्काल जोड्न माग

सिमरा,१३कार्तिकःउज्यालो पर्व तिहारको बेलामा देशको औद्योगिक प्रतिष्ठानहरु अन्धकार बनाएको भन्दै बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्षमोहनशर्मा लामिछानेले विद्युतप्राधिकारणको कदम सच्याउन आग्रह गरेका छन् ।

डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको वार्ता र सहमतीको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक बे–वास्तागर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ ।

‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण यस जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामाआइरन तथाअशोक स्टिल इन्डष्ट्रिज मारमा परेका छन् । ती उद्योगले देशको रोजगारी तथा कुलग्राहस्र्थ उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युतप्राधिकरणले चालेको कदमनिन्दनीय छ ।’ संघका अध्यक्ष मोहनशर्मा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देशमा गरी खानपाउने वातावरण निर्माणका लागिहौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी व्यवसायीमाथि भइरहेको आक्रमणले उद्योगीलाई त्रसितपारिरहेको उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सरकार र सरकारका विभिन्ननिकायले पटक–पटक उद्योगी व्यवसायीमाथि गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युतलाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युतप्राधिकरण सहित सम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 

Related posts

वीरगन्जको सुक्खा बन्दरगाह नाकाबाट एक वर्षमा भित्रियो १० अर्ब ४३ करोडको कोइला

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

Leave a Comment