Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

काठमाडौं,४बैशाखःनेपालमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन गत शनिबार तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज मंगलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । सोमबार हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related posts

वीरगन्जमा इभी गाडीकाे बिक्रेता शशीला माेटर्सकाे शाे रुम सञ्चालन

MadhesKhabar

जीबी राईकाे सानो पाइला सहकारीले १ अर्ब बढी रकम फिर्ता नगरेपछि ८ सय बचतकर्ताको बिचल्ली

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

Leave a Comment