काठमाडौं,१५ भदौ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज (शनिबार ) राति १२ बजेपछि लागू हुनेछ।

