Madhes Khabar
अर्थतन्‍त्र

५ दिनमै फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं,१३ भदौ: पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।

यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।साभारः अनलाइनखबर

 

Related posts

अर्थतन्त्र चलायमान बनाउन वीरगन्जमा पहिलो पटक “रात्री बजार” लाग्दै

MadhesKhabar

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

MadhesKhabar

वीरगन्ज आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई उद्योगीहरुले भेटे

MadhesKhabar

Leave a Comment