वीरगन्ज,६जेठःनेपाल राष्ट्र बैंकको गर्भनरमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । त्यसअघि मंगलबार नै दिउँसो उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिषदमा पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।जस अनुसार, पहिलो नम्बरमा प्राध्यापक डा. विश्वनाथ पौडेल, दोस्रो नम्बरमा कायममुकायम गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम थियो ।
नवनियुक्त गर्भनर पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षपनि हुन् । २०७९ को निर्वाचनमा पौडेल चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार थिए । त्यसभेला उनि रास्वपाका उम्मेदवार हरि ढकालसंग पारजित भएका थिए ।
यसअघि गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो। निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका थिए। त्यसपछि रिक्त रहेको गभर्नर बन्न ठूलो रस्साकस्सी भएको थियो। सामाजिक सञ्जालमा चर्को बहस हुन थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिकरूपमै गभर्नर नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ढिलाइ नभएको प्रस्टीकरण दिएका थिए। उनले गभर्नर कांग्रेसले पाउने सहमति भएको र राष्ट्र बैंकको आन्तरिक कारणले नियुक्तिमा ढिलाइ भएको बताएका थिए। यसअघि विभिन्न व्यक्तिको नाम चर्चामा रहे पनि अन्त्यमा डा. पौडेल गभर्नर बन्न सफल भएका हुन्।

