Madhes Khabar
अर्थतन्‍त्र

निजी क्षेत्रका समस्या सामधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेतृत्व गर्छ : अध्यक्ष अग्रवाल

मधेसखबर
वीरगन्ज,१७ चैत : वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले शुक्रबार शपथग्रहण गरेका छन् ।होटल क्लासिक रिसोर्टमा शुक्रबार साँझ आयोजित समारोहमा नविनिर्वाचित अध्यक्ष अनिल अग्रवाल पटवारी सहितका पदाधिकारी र ससदरुयहरुले प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले वीरन्ज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याइरहेको योगदानको सापेक्षमा सरकारले वीरगन्ज प्रति ध्यान नदिने गरेको बताए । उनले नेपालकै ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगन्ज पथलैया औद्योगिक कोरिडोरलाई भौतिक रुपमा सुुविधा सम्पन्न बनाउने काम आजसम्म हुन नसकेको तर्फ दुःख पनि व्यक्त गरे । अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यका नीति नियम र प्रबद्र्धनात्मक कार्यक्रमहरु शीघ्र घोषणा हुनुपर्नेमा जोड दिए ।

संघका नवनिर्वाचित अध्यक्षले आफ्नो २ वर्षे अध्यक्षीय कार्यकालमा गर्ने काम र योजनाहरुबारे जानकारी गराए । उनले उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भंसार, स्थानीय तह, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित समस्याको समाधानको लागि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर लगायतका सम्बद्ध निकायहरुसँग बसेर छलफल तथा समस्या समाधानको लागि पहल गरिने बताए ।

उनले सीमाञ्चल क्षेत्रमा अवस्थित रहेका उद्योग वाणिज्य संघहरुले भोग्नु परिरहेका व्यवहारिक तथा नीतिगत समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेतृत्व लिने पनि बताए ।उनले सेजको सफल संचालन, औद्योगिक सुरक्षा बलको स्थापना, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, सांसद प्रभु हजरा, वीणा जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघ–मधेस प्रदेशका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायतले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

मधेस सरकारको बजेटमा पनि वीरगन्ज उपेक्षित

MadhesKhabar

सहकारी क्षेत्रका समस्या र चुनौतीबारे वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment