Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैया मूल्य घट्यो

मधेसखबर
वीरगन्ज,११ असार :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।सत्ता गठबन्धनको निर्णय अनुसार आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

शनिबार बसेको आयल निगम सन्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैया र डिजेल–मट्टितेलको मुल्य प्रतिलिटर १६३ रुपैया कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।

यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । हाल पूर्वाधार करबापत पेट्रोल÷डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ ।

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

दुइ दिन विदा दिने सरकारी निर्णय सच्याउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

चाडपर्वकाे बेलापनि वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न किन भए असफल ?…

MadhesKhabar

Leave a Comment