Madhes Khabar
अर्थतन्‍त्र

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

फाइल तस्बिर ।

काठमाडौंं,६जेष्ठःबाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै सुरु हुने भएको छ । मोतीहारी–रक्सौल–वीरगन्ज–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।

अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम थाल्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए। नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट यसबारे अध्ययन भइरहेको उनले बताए ।

अमलेखगञ्ज कार्यालयका प्रमुख उपाध्यायकाअनुसार टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिनेछ । पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने तयारी छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ ।

दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्ज डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको प्रमुख उपाध्यायले जानकारी दिए ।

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ । एउटै पाइप लाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।साभार  उज्यालो 

 

Related posts

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने

MadhesKhabar

वीरगन्ज महानगरपालिकाद्वारा पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित

MadhesKhabar

Leave a Comment