Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता कर्पोरेट बिजनेश अवार्डबाट सम्मानित

मधेसखबर

वीरगन्ज,०३साउन : वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ता कर्पोरेट बिजनेश अवार्डबाट सम्मानित भएका छन्।

काठमाडौंको होटल रेडिसनमा मङ्गलबार  कर्पोरेट मिडिया ग्रुप ले  आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले डाक्टर गुप्तालाई कर्पोरेट  बिजनेश अवार्डबाट सम्मानित गरेका हुन् ।

नेपाल दाल,चामल तथा तेल उत्पादन महासंघका अध्यक्ष समेत रहेका गुप्ताले नेपालको उधोग, व्यवसाय र अर्थतन्त्रमा अतुलनिय योगदान पुर्याएको भन्दै उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको आयोजक कर्पोरेट मिडिया ग्रुप का अध्यक्ष उज्वल जङ्ग शाहले  बताए।

 

Related posts

वीरगन्जमापनि खुल्यो ‘कार स्पा’

MadhesKhabar

सुनको भाउ हालसम्मकै उच्च,ताेलाकाे १ लाख ४५ हजार

MadhesKhabar

सुनको मूल्य १ लाख ९० हजार नाघ्यो

MadhesKhabar

Leave a Comment