Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज भन्सार ६ वर्ष पछि राजश्वको लक्ष्य पुरा गर्न सफल

मधेसखबर
वीरगन्ज,०४ साउन :मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय ६ वर्ष पछि राजश्व संकलनको लक्ष्य पुरा गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि लगातार राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको वीरगन्ज भन्सार गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको हो ।वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको छ ।

 

गत आर्थिक वर्ष २०७८/७९ का लागि भन्सार विभागले वीरगन्ज भन्सारलाइ २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाको लक्ष्य दिएको थियो । वीरगन्ज भन्सारले भने २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैया राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

 

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ९९.६ प्रतिशत , आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यको ६६.८९ प्रतिशत , आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ८५.९७ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यको ९७.४८ प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यको ९८ प्रतिशत र आर्थिक वर्ष २०७२/०७३ मा लक्ष्यको ७७.४२ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।

 

त्यसभन्दा पहिलेको आर्थिक वर्ष २०७१/०७२ मा भने वीरगन्ज भन्सार कार्यालयलले लक्ष्य भन्दा बढि नै अर्थात लक्ष्यको १०५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो ।तर त्यसपछि आर्थिक वर्ष २०७२/०७३ आर्थिक वर्ष २०७७÷७८ सम्म भने लगातार ६ वर्ष वीरगन्ज भन्सार , भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको थियो ।

पौडेलका अनुसार , गत आर्थिक वर्ष भन्दा अघिका ३ वर्षमा विश्वव्यापी कोभिड महामारीका कारण मालवस्तुको निकासी पैठारी प्रभावित भएका कारणले विभागले दिएको लक्ष्य पुरा हुन सकेको थिएन ।यस्तै भारत तथा तेश्रो मुलुकबाट बढि राजश्व संकलन हुने नयाँ सवारीगाडी लगायतका मालवस्तुको आयात घटेकाले त्यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको थियो ।

 

कोभिड भन्दा पहिलेका ३ आर्थिक वर्षहरुमा भने २०७२ सालमा मधेसी दलको ६ महिना सम्म चलेको नाकाबन्दीको असर वीरगन्ज भन्सारको राजश्व असुलीमा परेकाले राजश्व संकलनको लक्ष्य पुरा गर्न वीरगन्ज भन्सार असफल भएकोे थियो ।गत आर्थिक वर्ष भन्दा अघिका ३ वर्षमा लक्ष्य पुरा हुन नसकेको मुख्य कारण कोभिड थियो , पौडेलले भने ,‘तर त्यसअघिका लगातार ३ आर्थिक वर्षमा भने २०७२ सालको नकाबन्दीको असरले राजश्वको लक्ष्य पुरा हुन सकेको थिएन ।

 

२०७२ सालमा मधेसी दलले राजनीतिक माग राखेर गरेको आन्दोलनमा ६ महिना सम्म वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाकाबन्दी गरेका थिए । जसका कारण वीरगन्ज नाकाबाट मालवस्तुको निकासी पैठारी नै ठप्प भएको थियो ।

 

लगातार ६ महिना सम्म नाकाबन्दी भएका कारण वीरगन्ज नाकाबाट आयात निर्यातको कारोबार गर्दै आएका थुप्रै उद्योगी व्यपारीहरु भैरहवा , विराटनगर लगायतका अन्य नाका तर्फ विस्थापित भएका थिए ।गत आर्थिक वर्षमा भने इनधन, कच्चा पदार्थ लगायत बढि राजश्व उठ्ने मालवस्तुको पैठारी बढेकाले राजश्व संकलनको लक्ष्य पुरा गर्न सफलता प्राप्त भएको पौडेलले बताए ।

Related posts

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

MadhesKhabar

पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

MadhesKhabar

युवा उद्यमीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन उद्योगमन्त्री रिजालसंग आग्रह

MadhesKhabar

Leave a Comment