Madhes Khabar
अर्थतन्‍त्र

एक लाख १३ हजार पुग्यो सुनको मूल्य

काठमाडौं , १६ साउन : मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारसुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १२ हजार६ सय रुपैयाँमा छापावाल र एक लाख १२ हजार ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Related posts

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

MadhesKhabar

बजार चलायमान नहुदाँ वीरगन्जका दुवै भन्सार राजश्वको लक्ष्य भेट्याउन फेरि पनि असफल

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

MadhesKhabar

Leave a Comment