Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

वीरगन्ज,२कार्तिक: नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज बिहीबार तोलाकाे १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ ताेलाकाे १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

आगामी बजेटमा निजगढ विमानस्थलकाे लगानी टुंगाे लगाउने सरकारकाे घाेषणा

MadhesKhabar

नेपाल–भारत बिचको आर्थिक सम्बन्धलाई नयाँ शीराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल

MadhesKhabar

सुनकाे भाउ बढेर ताेलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्याे

MadhesKhabar

Leave a Comment