काठमाडौं,१४फाल्गुन:संघीय सरकारका अर्थ मन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षकाे बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लगानीको ढाँचा टुंग्गाउने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
निजगढमा विमानस्थल बनाउने विषय दशाकौंदेखि अलपत्र छ । सरकारले निजी क्षेत्रको लगानीमा निजगढ विमानस्थल निर्माणको प्रयास गर्दै आएको छ । तर, निजगढमा विमानस्थल बनाउने जमिनमा सीमांकन गर्नेबाहेकको प्रगति हुन सकेको छैन ।

