काठमाडौं,१६पुसः पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भोलि(बिहीबार)देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको हो ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
उपभोक्ताको हितलाई ध्यानमा राखी एल. पी. ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


