Madhes Khabar
अर्थतन्‍त्र

चुनावको मौन अवधिभर रक्सी बिक्री वितरणमा प्रतिबन्ध

मधेसखबर
वीरगन्ज, २४ बैशाख :
कास्कीमा जिल्ला प्रशासन कार्यालयले चुनावको मौन अवधिभर जाँडरक्सी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर जाँडरक्सी बिक्री पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधिभर जाँडरक्सी बिक्री नगरि व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रात्रिकालीन व्यवसायलाई वैशाख २५ देखि २८ गतेसम्म राति ११ बजेसम्म सञ्चालन गर्ने, २९ गते ८ बजेसम्म मात्र सञ्चालन गर्ने, वैशाख ३० गते चुनावका दिन पूर्ण रुपमा बन्द गरेर गर्ने र वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
चुनाव प्रचार–प्रसारका समयमा हिंसात्मक क्रियाकलाप हुनसक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको उल्लेख गरिएको छ । सभार उज्यालो अनलाइन

Related posts

तस्करी गरेर वीरगन्जमा ल्याइएको ५ हजार किलाे प्याज प्रहरीद्वारा बरामद

MadhesKhabar

मधेस सरकारले ल्यायो ४६ अर्बको बजेट, कुन मन्त्रालयले कति रकम पाए ?

MadhesKhabar

९ महिनामा नेपालमा २५ अर्ब बराबरको १६ लाख स्मार्ट मोबाइल फोन आयात

MadhesKhabar

Leave a Comment