Madhes Khabar
अर्थतन्‍त्र

जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

काठमाडौं,३०कात्तिकःअर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बरारबको क्षति भएको प्रारम्भिक मूल्यांकन सरकारलाई प्राप्त भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको जानकारी दिएका हुन् ।

निजी क्षेत्रमा भएको क्षति मध्ये करिब २३ अर्बको बिमा दाबी भएको उनले बताए । अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रस्ट पारे ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । उनले अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न पूँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनले बताए ।

 

Related posts

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम, ताेलाकाे १ लाख १६ हजार

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

MadhesKhabar

महङ्गी नियन्त्रणका लागि मैले भरमग्दुर प्रयास गरिरहेकाे छु : मन्त्री रिजाल

MadhesKhabar

Leave a Comment