
काठमाडौं,१८असोजःनेपालमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज (शु्क्रबार) सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च अर्थात तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो (बिहीबार) भने सुनको भाउ तोलाको १ लाख ६० हजार ९०० रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६१ हजार २०० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

