Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँ पुग्यो

सांकेतिक तस्बिर।

काठमाडौं,१८असोजःनेपालमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज (शु्क्रबार) सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च अर्थात तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो (बिहीबार) भने सुनको भाउ तोलाको १ लाख ६० हजार ९०० रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६१ हजार २०० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर : ३ वटाले घटाए

MadhesKhabar

वीरगन्जको ड्राइपोर्टमा कुहिएका दाल लगायतका सामान व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि

MadhesKhabar

Leave a Comment