Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जमा इभी गाडीकाे बिक्रेता शशीला माेटर्सकाे शाे रुम सञ्चालन

वीरगन्ज,२३माघ:वीरगन्जमा विद्युतीय गाडी(इभी)काे बिक्रेता शशीला माेटर्स प्रालिकाे शाे रुम सञ्चालनमा आएको छ।वीरगन्ज-११ प्रतिमा चाेकमा बुधबारदेखि शशीला माेटर्सकाे शाे रुम सञ्चालनमा आएको हाे।

मधेस प्रदेश सरका पूर्व राज्यमन्त्री रहबर अन्सारीले उक्त शाे रुमकाे उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रममा बाेल्दै पूर्व राज्यमन्त्री अन्सारीले नेवालका जनताले अब इलेक्ट्रिक नेता राेज्नुपर्ने बताए ।उनले भने,`जसरी इलेक्ट्रिक भेइकल(इभी गाडी) ले हल्ला कम गर्छ ,लागत खर्च कम गर्छ र प्रदुषण कम गर्छ।त्यसरी नै जनताले पनि अब हल्ला कम तर काम बढी गर्ने,देशकाे खर्च कम गर्ने र राजनीतिक प्रदुषण कम गर्ने नेतालाई राेज्नुपर्छ।´

उनले नेपालमा पछिल्लो समय विद्युतीय गाडीकाे आयात बढ्दा देशलाईपनि आर्थिक रुपमा धेरै फाइदा भइरहेको बताए।उनले राजनीतिक दलका नेता र जनप्रतिनिधिलेपनि विद्युतीय गाडीकाे प्रयाेगमा जाेड दिनुपर्ने बताए ।

कार्यक्रममा शशीला माेटर्सका प्रबन्ध निर्देशक सन्ताेष खतिवडाले काठमाडौं उपत्यका बाहिर पहिलाे शाखा वीरगन्जमा सञ्चालनमा ल्याइएको बताए ।काठमाडौंमा सन् २०१५ मा शशीला माेटर्सकाे पहिलाे शाखा सञ्चालनमा ल्याइएको जानकारी दिदैं उनले वीरगन्जपछि अब छिट्टै बर्दिबास,दाङ,नेपालगन्ज र बुटवलमा पनि शाखा खाेल्ने तयारीमा रहेकाे बताए ।

शशीला माेटर्सकाे शाे रुममा किटाेन,हाऊगर,भेन्चीका माइक्राे,मिनि बस,चेरीहाेण्डा बस,सिटीबस,काेचबस लगायतका विद्युतीय गाडीकाे बिक्री गरिने शशीला माेटर्सका महाप्रबन्धक अशाेकराज सुबेदीले जानकारी दिए।

 

खतिवडाकाे अध्यक्षतामा भएको कार्यक्रममा भूमी समस्या समाधान आयाेग पर्साका अध्यक्ष तबरेज अहमद,वडाध्यक्ष अजय चाैरसिया,अकाेराबका बरिस्ठ उपाध्यक्ष गाेविन्द देवकाेटा,नेपाल पत्रकार महासंघका मधेस प्रदेश सचिव दीपक सापकाेटा,पर्सा अध्यक्ष ओमप्रकाश खनाल, नेकपा एमालेका नेता सलाउदीन अहमद लगायतकाकाेपनि सहभागीता थियाे।

Related posts

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

MadhesKhabar

एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विधुत भारत निर्यात

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा महानगरकाे अनुगमन

MadhesKhabar

Leave a Comment