Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

काठमाडौं,१७असोजः दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दावी गरेका छन् ।

होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।

चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।उनले भने,‘ ‘चामल, तेल, आँटा पीठो लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ । यस वर्ष खासै ठूलो कारोबार पनि छैन।’

बजारमा ठूलो कारोबार समेत नहुँदा होलसेलमा खाद्यान्न सस्तो हुन थालेको उनले बताए। ‘पछिल्ला दुई सातामा सबै प्रकारका चामल, खानेतेल, मैदा र चिउराको मूल्य घटेको छ’ उनले भने, ‘होलसेलमा घटेको मूल्य खुद्रामा पास नभएको हुनसक्छ । उपभोक्ता जागरुक हुनुप¥यो ।’ साभार : अनलाइनखबर

Related posts

वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

MadhesKhabar

लामखुट्टेको प्रकोप बढेपछि फाल्गुन २४ देखि विषादी छर्ने वीरगन्ज महानगरको तयारी

MadhesKhabar

१६ जिल्लामा मलको आपूर्ति ठप्प

MadhesKhabar

Leave a Comment