वीरगन्ज,४बैशाखःमधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा ३६ करोड ७६ लाख भन्दा बढी राजस्व उठाएको छ।
चालु आर्थिक बर्ष २०८०/८१ को साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा वीरगन्ज महानगरपालिकाले विभिन्न २४ वटा शीर्षकमा गरी ३६ करोड ७६ लाख ९ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको महानगरको राजश्व महाशाखाका प्रमुख मनोज कर्णले जानकारी दिए ।
उनका अनुसार , साउनदेखि चैतसम्म ९ महिनामा सबैभन्दा बढी सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार ७ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ। यस्तै घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार ८ सय ६७ रुपैयाँ उठेको कर्णले जानकारी दिए । उठेको छ। महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।
गत आर्थिक बर्ष २०७९/८० को साउनदेखि चैत सम्मको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामा २ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको कर्णले बताए। उनका अनुसार, गत आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामा ३३ करोड ८० लाख ५४ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको थियो।गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा राजस्व संकलनमा सुधार देखिएको कर्णले बताए ।

