Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउमा निरन्तर गिरावट, आज मात्रै तोलामा ५ हजार २ सय रुपैयाँले घट्यो

वीरगन्ज,११ असारःनेपाली बजारमा आज( बिहीबार) सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । केही सातादेखि नै सुनको मूल्य ओरालो लागिरहेको छ । एक साताकै अवधिमा सुनको भाउ १८ हजार ९ सय रुपैयाँले घटेको छ ।

गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा २५० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २३५ रुपैयाँमा कायम भएको छ । एक साताको अवधिमा चाँदी ७१० रुपैयाँ प्रतितोला घटेको छ । गत बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ९५० रुपैयाँ थियो ।

Related posts

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम

MadhesKhabar

आगामी बजेटमा निजगढ विमानस्थलकाे लगानी टुंगाे लगाउने सरकारकाे घाेषणा

MadhesKhabar

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment