
वीरगन्ज,५माघःनेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक शनिबार वीरगन्जमा बसेको छ । जिल्ला समन्वय समिती पर्साको प्रागंनमा बसेको बैठकले तीन बुंदे निर्णय गरेको छ ।
समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले गोंड जातिलाई आदिवासी जनजातीमा सुचिकृतको लागि पहल थाल्ने निर्णय गरेको हो ।
बैठकले राज्यको सेवासुबिधाबाट बञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराई राज्यको मुलधारमा ल्याउन सरकारसंग मागपनि गरेको छ । त्यसका लागि समाजले संघिय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने समेत निर्णय गरिएको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले जानकारी दिए।
यसैगरी बैठकले रगतको अभावलाई मध्यनजर गरि चाडै नै वीरगन्जको घण्टाघर चोकमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको अध्यक्ष साहले बताए । साथैै सामाजको केन्द्रिय कार्यालय व्यवस्थापनमा जुट्ने निर्णयपनि बैठकले गरेको उनले जानकारी गराए । बैठकमा समाजका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता, सदस्यहरु आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभुषण साह,विजय साह, प्रभात साह, ज्ञानेन्द्र साह,नरेश साह, हृदयनारायण साह,रबिन्द्र साह,राकेश साह,सुनिल साह लगायतको सहभागिता थियो ।बैठकमा सहजीकरण समाजका युवा नेता बिन्दुभुषण साहले गरेका थिए ।

