Madhes Khabar
खेलकुद हेडलाइन

अस्ट्रेलियाको सिरिजका लागि बाराका अनिल साहको कप्तानीमा नेपाली क्रिकेट टाेली घोषणा

फाइल तस्बिर ।

बारा,२५साउन: अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने ‘एनटी टप एन्ड टी-२०’ सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। क्यानले बाराका अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो।

क्यानले रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीजस्ता पहिलो रोजाइका मुख्य खेलाडीहरूलाई भने यस भ्रमणका लागि विश्राम दिएको छ।

यस्तो छ १५ सदस्यीय नेपाली टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन शर्राफ, दीपक डुम्रे, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल।

 

अगस्ट २१ देखि ३० (भदौ ५ देखि १४) सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालले लिग चरणअन्तर्गत कुल ६ वटा खेल खेल्ने तालिका रहेको छ।

नेपालको खेल तालिका:

अगस्ट २१: पहिलो खेल एनटी स्ट्राइकसँग

अगस्ट २२: बंगलादेश हाई–परफर्मेन्स टोलीसँग

अगस्ट २४: होबार्ट हुरिकेन्स एकेडेमीसँग

अगस्ट २६: एसीटी कोमेट्ससँग

अगस्ट २७: किङ्समेनसँग

अगस्ट २९: भिक्टोरियासँग

Related posts

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

MadhesKhabar

छपकैयामा ब्युटिसियन पुनमको हत्या लागु पदार्थका दुव्यर्सनी युवकले गरेको खुलासा

MadhesKhabar

बाराको सिमरामा अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल हुने

MadhesKhabar

Leave a Comment