वीरगन्ज,१३असार:दक्षिण अफ्रिका पहिलाे पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेकाे छ।बिहीबार बिहान भएकाे पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हाे ।
वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो ।
अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ दशमलब ५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले २५ बलमा २९ तथा कप्तान एडेन मारकमले २१ बलमा २३ रन बनाए ।
अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनाएको थियो ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए ।
पहिलो सेमिफाइनलको विजेता बन्दै पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले बिहिबार बेलुका हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधीका लागि खेल्नेछ ।

