Madhes Khabar
खेलकुद

युरोकपमा आज फ्रान्स र बेल्जियमको भिडन्त

वीरगन्ज,१७असारःयुरोकप फुटबलमा आज(सोमबार) राति फ्रान्स र बेल्जियम भिड्दैछन् । क्वाटरफाइनलमा पुग्न यी दुई टिम बिचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

फिफा वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् ।जारी युरोकपमा यी दुवै टोली प्रारम्भिक चरणमा आ–आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

फ्रान्स समूह ‘डी’ मा परेको थियो । फ्रान्सले आफूले खेलेको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।यसैगरी बेल्जियम प्रारम्भिक चरणमा समूह ‘ई’ मा परेको थियो । बेल्जियमले समूहगत चरणमा आफूले खेलेका तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यवहोरेको छ ।

यी दुई राष्ट्रबिच हालसम्म कुल ७५ खेल खेलिएकोमा ३० खेलमा बेल्जियमले फ्रान्सलाई हराएको छ । २६ खेलमा फ्रान्सले बेल्जियमलाई पराजित गरेको छ । १९ खेल भने बराबरीमा सकिएको छ । बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग ०–१ गोलले पराजित भएको थियो ।

 

Related posts

मधेसका यू-१६ टिमका कप्तान चन्दन राम वीरगन्जमा सम्मानित

MadhesKhabar

विश्वकप क्रिकेट: लिग चरणकाे ९ खेलमा ९ जीत हासिल गर्दै भारत सेमिफाइनलमा

MadhesKhabar

रोमाञ्चक खेलमा नेपाल ३ रनले विजयी

MadhesKhabar

Leave a Comment