Madhes Khabar
खेलकुद

मधेसका यू-१६ टिमका कप्तान चन्दन राम वीरगन्जमा सम्मानित

वीरगन्ज,१३फाल्गुन:हालै सम्पन्न१६ वर्ष मुनिको मनमोहन मेमोरियल टि- २० कप क्रिकेटमा च्याम्पियन बनेकाे मधेस प्रदेश टिमका कप्तान चन्दन रामलाई वीरगन्जमा सम्मानित गरिएको छ ।

चन्दनलाई उनि पढेकाे वीरगन्ज १३ स्थित साउथ जोन माविले सम्मानित गरेकाे हाे।विद्यालयमै आयोजित कार्यक्रममा चन्दनलाई प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले चन्दनलाई प्रशंसा पत्र र नगद रकम प्रदान गर्दै गम्छा ओढाएर सम्मान गरे।त्यसअजसरमा प्रधानाध्यापक चौधरीले आफ्नो खेल प्रतिभाले आँफु पढेकाे विद्यालय, पर्सा जिल्ला र मधेस प्रदेश कै नाम राख्न सफल भएकोमा चन्दनलाई बधाई दिदैं खेल क्षेत्रमा उज्जवल भविष्यको कामना गरे ।

यस्तै चन्दन आबद्ध वीरगन्जस्थित नेशनल स्पोर्ट एकेडेमीले उनले गरेको अब्बल खेल प्रदर्शनले मधेस प्रदेशले उपाधि जितेकोमा केक काटेर खुशीयाली मनाएको छ।

यसअघि चन्दनलाई पर्साको धोबिनीस्थित ब्लु हेभन एकेडेमीले पनि सम्मानित गरेको थियो ।धोबिनी गाउँपालिका निवासी चन्दनले गाउँपालिकाबासीलाई नै गौरवान्वित बनाएको भन्दै सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक सुदिल पटेलले बताए । चन्दनलाई विद्यालयले सम्मान पत्र र नगदसहित सम्मानित गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका चन्दनले ८३ रन बनाउनुका साथै १० विकेटपनि लिएका थिए ।

Related posts

परवानीपुर राईडर्स र परवानीपुर लायन्स विजयी

MadhesKhabar

काँग्रेस नेता श्रेष्ठको पहलमा निर्मलवस्ती खेलमैदानमा प्याराफिट निर्माण

MadhesKhabar

एसिया कप : भारत र पाकिस्तान बिचको भिडन्त आज

MadhesKhabar

Leave a Comment