Madhes Khabar
खेलकुद

टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

वीरगन्ज ,१९ माघ: भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो ।

सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले हराएको थियो ।

यसपटक न्युजिल्याण्डलाई १६८ रनले हराउँदै भारतले टी-२० सिरिज पनि २-१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा भारतका शुभमन गिल हिरो सावित भए । उनले ६३ बलमा १२६ रन बनाए । यो गिलका लागि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पहिलो शतक पनि हो । शुभमन गिलका अलावा राहुल त्रिपाठीले २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे ।

भारतले न्युजिल्याण्ड सामु २३५ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङको क्रममा पाहुना टोली न्युजिल्याण्डले खराब सुरुवात गर्‍यो । उसले चार विकेट गुमाउँदा जम्मा सात रन बनाएको थियो । न्युजिल्याण्डको टिम १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।

भारतका लागि सबैभन्दा बढी विकेट कप्तान हार्दिक पाण्ड्याले लिए । उनले आफ्नो चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिए । यसैगरी अर्शदीप सिंह, उमरान मलिक र शिवम माविले दुई-दुई विकेट लिए ।साभार:अनलाइनखबर

Related posts

बैंग्लाेरमाथि मुम्बईकाे सहज जित

MadhesKhabar

पिएम कप क्रिकेटको तयारीमा वीरगन्जः रातभर चल्दैछ मैदान मर्मतको काम, मेयर सिंह आफैं खटिए

MadhesKhabar

दक्षिण एशियाली कराते चयाम्पियनसिपमा वीरगन्जबाट भाग लिएका सबै १० खेलाडी विजयी

MadhesKhabar

Leave a Comment