Madhes Khabar
खेलकुद

साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं,४असोजः काठमाडौंमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिप फुटबलमा भारतले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो।

भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्।प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्। नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्।

प्रतियोगिताको दोस्रो खेलमा बिहीबार साँझ साढे ५ बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ।

Related posts

पिएम कप क्रिकेटको तयारीमा वीरगन्जः रातभर चल्दैछ मैदान मर्मतको काम, मेयर सिंह आफैं खटिए

MadhesKhabar

मलेसियासँग हारे पनि नेपाल फाइनलमा

MadhesKhabar

एसिया कपको सुपर चारमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

Leave a Comment