Madhes Khabar
खेलकुद

वीरगन्जमा यू–१९ विश्वकप छनोटको तयारी : दिल्लीमाथि नेपालको सानदार जित

तस्बिर : क्यान ।

वीरगन्ज,१२चैतःआइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको दिल्ली यू–१९ टिमलाई पराजित गरेको छ ।
तीन खेलको श्रृंखला अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल यू–१९ टिमले दिल्ली डिस्ट्रिक्ट क्रिकेट एशोसियसनको यू–१९ टिमलाई ५ विकेटले पराजित गरेको हो ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो ।नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए भने रोशन विकले २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ् गरको दिल्लीले २३ ओभर २ बलमा अलआउट हुदैं ९५ रनमात्र बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाएका थिए ।बलिङ्तर्फ नेपालका लागि सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान ३–३ तथा विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालको यू–१९ टिमले दिल्लीसंग दोस्रो खेल चैत १४ र तेस्रो खेल चैत १६ गते खेल्नेछ ।

 

 

Related posts

युएईविरुद्ध वीरगन्जका आसिफ शेखको सानदार अर्धशतक

MadhesKhabar

आईपीएलमा बैंग्लाेरकाे तेस्राे हार, लखनउसंग २८ रनले पराजित

MadhesKhabar

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment