Madhes Khabar
खेलकुद

आईपीएलमा बैंग्लाेरकाे तेस्राे हार, लखनउसंग २८ रनले पराजित

वीरगन्ज,२०चैत:भारतमा जारी इन्डियन प्रिमियरलिग(आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बैंग्लाेरले तेस्राे हार ब्यहाेरेकाे छ।

बैंग्लाेरको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा आफ्नाे चाैथाे खेलमा लखनउ सुपर जायन्ट्ससंग २८ रनले पराजित बेंग्लाेरले तेस्रो हार खेपेकाे हाे।

लखनउले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको घरेलु टोली बैंग्लाेर १९ दशमलब ४ ओभरमा १ सय ५३ रन मात्र बनाउदै अल आउट भयो ।

उसका लागि महिपाल रुमरोरले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन बनाए । रजत पाटीदारले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । विराट कोहलीले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए ।

लखनउका लागि मंयक यादवले ३ तथा नभिन उल हकले २ विकेट लिए । यश ठाकुर, मनिमरन सिद्धार्थ, मार्कस स्टोईनेसले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

लखनउका लागि ओपनर क्विटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्काको सहयोगमा अविजित ४० रन बनाए । मार्कस स्टोईनेसले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए । कप्तान केएल राहुलले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाए ।

बैंग्लाेरका लागि ग्लेन म्याक्सवेलले २ तथा यस दयाल, रिच टोप्ली र मोहम्मद सिराजले समान १/१ विकेट लिए ।

लगातार दोस्रो जितका साथ लखनउ चौथो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो हार व्यहोरेको बैंग्लाेर पुछारबाट दोस्रो स्थानमा छ ।

Related posts

विश्वकप क्रिकेट: अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायाे

MadhesKhabar

सिमरा गाेल्डकप : वीरगन्ज आज एनआरटीसंग भिड्दै

MadhesKhabar

फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment