Madhes Khabar
खेलकुद

भारतविरुद्ध हरेक छक्का वा विकेटबापत नेपाली खेलाडीलाई १ लाख पुरस्कार दिने घाेषणा

वीरगन्ज ,१८भदाैं: एसिया कप क्रिकेटमा साेमबार हुन गइरहेकाे खेलमा भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच साेमबार हुने खेलमा हरेक छक्काको एक लाख दिने घोषणा अर्ना बियरले गरेको हो। अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच साेमबार समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार अपरान्ह सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

Related posts

विश्वकप क्रिकेटमा बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जीत

MadhesKhabar

टी–२० विश्वकप :नेपाल इटालीसंग १० विकेटले पराजित

MadhesKhabar

आईपीएलमा आज मुम्बइ र दिल्ली तथा लखनउ र गुजरात भिड्दै

MadhesKhabar

Leave a Comment