Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशाला पुनर्निर्माणका लागि संकलित हस्ताक्षर कांग्रेसले मन्त्रीहरुलाई बुझायो

वीरगन्ज,८असारःवीरगन्जको नारायणी रंगशालाको पुर्ननिर्माणका लागि सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसले वीरगन्जमा संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र संघीय सरकारका खेलकुदमन्त्री र शहरी विकासमन्त्रीलाई बुझाएको छ ।

नेपाली कांग्रेसको वीरगन्ज महानगर समितिले नारायणी रंगशालाको पुर्ननिर्माणका लागि सरकारलाई दबाब दिन भन्दै माईस्थान चोकमा वीरगन्जबासीको हस्ताक्षर संकलन गरेको थियो ।

त्यहि संकलित हस्ताक्षर सहितको ज्ञापननपत्र आइतबार कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले आइतबार काठमाडौंमा पुगेर उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र खेलकुदमन्त्री तेजुलाल चौधरीलाई छुट्टा छुट्टै भेटेर बुझाएको हो ।

देशकै दोस्रो ठूलो रंगशाला वीरगन्जको नारायणी रंगशाला बजेट अभावका कारण जीर्ण अवस्थामा रहेको र उक्त रंगशालाको जीर्णेद्वार तथा स्तरोन्नत्तीका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अति न्युन बजेट राखेकोे प्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । त्यसकारण संशोधन हुन लागेको संघ सरकारको बजेटमा नारायणी रंगशालाको जीर्णेद्वार तथा स्तरोन्नत्तीका लागि यथेष्ट रकम विनियोजन हुनुपर्ने कांग्रेसको माग छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेस वीरगन्ज महानगरका सभापति मणिन्द्रलाल श्रेष्ठ , पूर्वसभापति भोला साह कलवार, पूर्व क्षेत्रीय सभापति विजयकुममार सराफ, नेविसंघ पर्साका पूर्वसभापति दिलिपराज कार्की, नगर सचिव तथा ढुवानी व्यवसायी सरण गुप्ता, व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष विश्वनाथ खनाल लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

भिस्वा हाेटलकाे क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ 

MadhesKhabar

पर्सा : चोरलाई चिनेपछि पोल खुल्ने डरले महिलाको हत्या ,जेठाजुसहित ३ जना पक्राउ

MadhesKhabar

रास्वपाले मधेसलाई बुझ्ने काेशीस गरिरहेकाे छ : उपसभापति अर्याल

MadhesKhabar

Leave a Comment