Madhes Khabar
खेलकुद

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, को–को परे टिममा ?

फाइल तस्बिर ।

काठमाडौं,५५पुसः टी–२० विश्वकप क्रिकेट २०२६ का लागि भारतीय टोलीको घोषणा गरिएको छ। सूर्यकुमार यादवको कप्तानीमा घोषणा गरिएको टिमबाट शुभमन गिललाई भने बाहिर राखिएको छ ।

इशान किशन र रिंकु सिंहलाई टोलीमा समावेश गरिएको छ भने अक्षर पटेललाई उपकप्तान नियुक्त गरिएको छ। बीसीसीआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा टोलीमा समावेश खेलाडीहरूको सूची सार्वजिनक गरेको छ।

यस्तो छ टोली– सूर्य कुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकीपर), तिलक वर्मा, हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, वॉशिंगटन सुंदर र इशान किशन (विकेटकीपर)

 

Related posts

इंग्ल्याण्डविरुद्ध भारतको लगातार दाेस्राे जित,राेहित शर्माकाे सानदार शतक

MadhesKhabar

रोमाञ्चक खेलमा नेपाल ३ रनले विजयी

MadhesKhabar

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

MadhesKhabar

Leave a Comment