Madhes Khabar
खेलकुद

भक्तपुरमा जारी पुरुष खो खो प्रतियोगितामा वीरगन्ज महानगरको विजयी शुरुवात

मधेसखबर
वीरगन्ज,६फागुन : भक्तपुरमा जारी अन्तरनगर पुरुष खो खो प्रतियोगितामा वीरगन्ज महानगरपालिकाले विजयी शुरुवात गरको छ ।

प्रतियोगिताको दोश्रो दिन शनिबार भएको आफनो पहिलो खेलमा वीरगन्ज महानगरको टिमले बनेपा नगरपालिकाको टिमलाई २३–४ को सोझो सेटमा पराजित गरेको हो ।

वीरगन्जले आफनो दोश्रो खेलमा शनिबार अपरान्ह आयोजक भक्तपुरको बी टिमसंग प्रतिस्पर्धा गर्ने वीरगन्जका टिम म्यानेजर अमित अग्रवालले जानकारी दिए । दोश्रो खेल पनि जिते वीरगन्ज क्वार्टर फाइनलमा प्रवेश गर्ने पनि उनले बताए ।

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार देखि शुरु प्रतियोगितामा देशका विभन्न १४ पालिकाका टिमले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ ।

Related posts

मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा भयाे तेस्राे

MadhesKhabar

एसियन कप फुटबलमा भारतमाथि अस्ट्रेलियाकाे जीत

MadhesKhabar

यूएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टिमको घोषणा,वीरगन्जका शेख दाजुभाइ पनि परे टिममा

MadhesKhabar

Leave a Comment