Madhes Khabar
खेलकुद

यूएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टिमको घोषणा,वीरगन्जका शेख दाजुभाइ पनि परे टिममा

फाइल तस्बिर ।

काठमाडौं,१कार्तिक: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

 

यही कात्तिक ९ देखि १९ गतेसम्म नेपालले यूएई र अमेरिकासँग सिरिज खेल्न लागेको छ।

 

नेपाली टिममा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन्।

Related posts

विश्वकपकाे पहिलो म्याच खेल्नुअघि नै भारतलाई झट्का, शुभमन गिललाई डेंगु संक्रमण

MadhesKhabar

वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुप विजयी

MadhesKhabar

सचिन तेन्दुलकरका छोरा अर्जुनले गरे आईपीएलमा डेब्यु

MadhesKhabar

Leave a Comment