वीरगन्ज,४कार्तिक:न्युजिल्यान्डले ३६ वर्षपछि टेष्ट क्रिकेटमा भारतलाई उसकै भूमीमा हराएको छ।
भारतकाे बैंग्लाेरमा आइतबार सकिएकाे पहिलो टेस्टमा न्यूजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेकाे हाे।भारतलाई उस्कै भूमीमा टेष्ट क्रिकेटमा न्युजिल्यान्डले यसअघि सन् १९८८ मा हराएको थियाे।
आइतवार सम्पन्न भएको पहिलो टेस्टकाे पाँचौ दिनमा भारतले दिएकाे १०७ रनकाे लक्ष्य न्यूजिल्यान्डले २ विकेटको क्षतिमा पूरा गर्याे ।
बिहीबारदेखि सुरु भएको टेस्ट म्याचको पहिलो दिन वर्षाका कारण खेल नै हुन सकेन। तर, टस जितेर पहिला ब्याटिङ्ग सुरु गरेको भारत दोस्रो दिनको खेलमा ४६ रनमै अलआउट भयो। त्यसपछि ब्याटिङ्ग गर्न आएको न्यूजिल्यान्डले राम्रो प्रदर्शन गर्दै ४०२ रन बनाउँदै ३५६ रनको अग्रता कायम गर्यो। त्यसपछि आफ्नो दोस्रो पारी खेल्न आएको भारतले ४६२ रन बनाउँदै न्यूजिल्यान्डसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गर्यो। जुन न्यूजिल्यान्ड टीमले २ विकेटको क्षतिमा पुरा गर्यो।
अब भारत र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट २४ अक्टुबरबाट सुरु हुनेछ।

