Madhes Khabar
खेलकुद

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड भारु पुरस्कार दिने भारत सरकारको घोषणा

काठमाडौं,७चैतः हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय क्रिकेट टोलीलाई भारत सरकारले ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिमले अपराजित रहँदै फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधि जीतेको थियो ।

बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनले खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।भारतले सन् २०२४ मा आइसिसी टी– २० विश्वकप पनि जितेको थियो ।

Related posts

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

अनिल साहको शतकमा मधेसले दियाे गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य

MadhesKhabar

नेपाल लाेकतान्त्रिक खेलकुद संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता कुर्मी मनाेनित

MadhesKhabar

Leave a Comment