Madhes Khabar
खेलकुद

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड भारु पुरस्कार दिने भारत सरकारको घोषणा

काठमाडौं,७चैतः हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय क्रिकेट टोलीलाई भारत सरकारले ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिमले अपराजित रहँदै फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधि जीतेको थियो ।

बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनले खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।भारतले सन् २०२४ मा आइसिसी टी– २० विश्वकप पनि जितेको थियो ।

Related posts

बंगलादेशले नेपाललाई दियाे १०७ रनकाे लक्ष्य

MadhesKhabar

सन्दिप लामिछानेले बनाए विश्व कीर्तिमान

MadhesKhabar

पञ्चगावाँ गोल्ड कप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे सानदार जीत

MadhesKhabar

Leave a Comment