Madhes Khabar
खेलकुद

एम्बाप्पे फ्रान्सका नयाँ कप्तान

काठमाडौं,७चैत : फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् ।
पूर्वकप्तान ह्युगो लोरिसले सन्न्यास लिएपछि एम्बाप्पे टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् ।

३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्व कप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हालेका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ ।

पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान पु¥याएका थिए । यस्तै गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।

Related posts

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

MadhesKhabar

भारत एसिया कपको सुपर फोरमा

MadhesKhabar

नेपालले विश्वकप छनोटमा कुन-कुन देशसँग प्रतिस्पर्धा गर्छ?

MadhesKhabar

Leave a Comment