Madhes Khabar
खेलकुद

टी–२० विश्पकप : नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

वीरगन्ज,२५ माघः भारतमा जारी आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डबाट १८५ रनको लक्ष्य पाएको छ ।

मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।

Related posts

साहिब दरबार टी-२० सुपर लिगकाे फाइनलमा,उपाधिका लागि वीरगन्ज ब्लाष्टरसंग भिड्ने

MadhesKhabar

महिला टी–२० मा नेपालको लज्जास्पद हार

MadhesKhabar

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिलाे जित

MadhesKhabar

Leave a Comment