Madhes Khabar
खेलकुद हेडलाइन

पर्सा स्ट्राइकरले जित्यो वीरगन्ज सुपर लिगको उपाधी

वीरगन्ज,१३जेष्ठ : वीरगन्जमा आयाेजित वीरगन्ज सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधी पर्सा स्ट्राइकरले जितेको छ ।

नारायणी रंगशालाकाे क्रिकेट मैदानमा शनिबार भएकाे फाइनल खेलमापर्सा राइडरलाई ६४ रनले पराजित गर्दै पर्सा स्ट्राइकरले उपाधी चुमेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पर्सा स्ट्राइकरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ बनाएको थियो ।

१५६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको पर्सा राइडर १५ ओभर २ बलमै अलआउट हुँदै ९१ रनमै समेटिएपछि ६४ रनले पर्सा स्ट्राइकरले उपाधी जितेकाे हो ।

वीरगनणज युथ स्पोर्ट्स एकेडेमीले गत मंगलबारदेखि आयाेजना गरेकाे प्रतियोगितामा वीरगन्जका ६ वटा टिमले सहभागिता जनाएको आयोजक समितिका हासिम अन्सारीले जानकारी दिए ।

Related posts

लगातार ६ खेल जित्दै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा

MadhesKhabar

कलैयाका शिक्षक सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा एक महिला पक्राउ

MadhesKhabar

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment