काठमाडौं,१७ चैत: नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौंमा शुक्रबार भएकाे निर्णायक खेलमा उचाल्ने नेपालले लाओसलाई २-१ ले हराउदै उपाधी जितेकाे हाे।
खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा मनिष डाँगीले सुन्दर गोल गरेर जित दिलाएका हुन् ।
यसअघि १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियाे।
बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका थिए ।
तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।
खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भएकाे थियाे ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओसले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।साभार:अनलाइनखबर

