काठमाडौं,१५ असोजःजापानमा जारी एसियाली खेलकुद (एसियन गेम्स) को इतिहासमा पहिलोपटक भारत र पाकिस्तानका पुरुष क्रिकेट टोली स्वर्ण पदकका लागि आमनेसामने हुने भएका छन् ।स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको फाइनल खेल आगामी शनिबार हुने भएको छ ।
बिहीबार भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।यस्तै, पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। भारतका लागि इशान किशनले अविजित ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। वैभव सूर्यवंशीले २१ बलमा ३८ रन बनाए। उनले ६ चौका र २ छक्का हिर्काए। कप्तान श्रेयस अय्यरले १३ रन जोडे।
१७० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। श्रीलंकाका ६ जना ब्याटरले खातासमेत खोल्न सकेनन्।भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २–२ विकेट लिए। श्रीलंकाका तीन खेलाडी रनआउट भएका थिए।

