Madhes Khabar
खेलकुद

क्यानले सन्दीपलाई टी–२० विश्वकप खेल्न पठाउने

तस्बिर : अन्नपूर्णपोष्ट

काठमाडौं,२जेष्ठः स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्ट इण्डिज पठाउने भएको छ ।बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनलाई विश्वकप खेल्न पठाउने भएको हो ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।

‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने । आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।साभारः अनलाइनखबरबाट

Related posts

ब्राजिलियन राष्ट्रिय टिममा फर्किए नेइमार

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बईसंग बैंग्लोर भिड्दै

MadhesKhabar

राष्ट्रिय टी–२० च्याम्पिनसीपमा मधेसको चौंथो जित

MadhesKhabar

Leave a Comment