Madhes Khabar
खेलकुद

सिंगापुरमाथि नेपालको सहज जीत

काठमाडौं,८असारःओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।बलिङ्तर्फ सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

Related posts

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै

MadhesKhabar

वीरगन्जमा निर्माणाधीन कभर्ड हलकाे फलामे डन्डी चाेरी

MadhesKhabar

तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल : वीरगन्ज चितवनसंग पराजित

MadhesKhabar

Leave a Comment