बारा,१४असार: राैतहट, बाराकाे सिमरामा जारी मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।
सिमरा रंगशालामा विहिबार बेलुकी भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले फाइनलमा स्थान पक्का गरेको हो ।
रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हाे ।उक्त खेलकाे को म्यान अफ दि म्याच घोषित राैतहटका निरज धामी घाेषित भए ।
रौतहटले अब उपाधीका लागि शनिवार हुने फाइनल खेलमा बारासंग प्रतिस्पर्धा गर्नेछ ।पहिलाे सेमिफाइनलमा सिरहालाई टाईब्रेकरमा पराजित गर्दै बारा यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले भने सिरहासंग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानका लागि शुक्रवार साँझ दुई टिम भिड्नेछन् ।
मधेस प्रदेश फूटबल संघको आयोजना र बारा जिल्ला फूटबल संघको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछ । मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

