Madhes Khabar
खेलकुद

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि गए अस्ट्रेलिया

फाइल फाेटाे

काठमाडाैं,१२असाेज: नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर शुक्रबार बिहान अस्ट्रेलिया लागेका हुन् ।

विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान थिए ।

नेपाल सुपर लिग (एनएसएल) मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडी दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भएका छन् ।

Related posts

वीरगन्जमा जारी टी-२० क्रिकेटको उपाधिका लागि पर्सा-११ र पुलिस भिड्ने

MadhesKhabar

पर्सा क्रिकेट लिगको उपाधि नेशनल इन्फोटेक क्लबलाई

MadhesKhabar

फाइनलमा नेपाल हार्याे, बंगलादेश बन्यो च्याम्पियन

MadhesKhabar

Leave a Comment