Madhes Khabar
खेलकुद

नेपाली महिला फुटबल टिमलाई गुरुङले दिए नगद १० लाख

काठमाडौं,७चैत:साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४७८ रुपैयाँ प्रदान गरिएको हो ।

डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका–११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन् ।

एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीलाई रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित आठ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो ।

वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो ।

Related posts

कीर्तिमानी खेलमा नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य

MadhesKhabar

टी-२० विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

वीरगन्जमा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

Leave a Comment