वीरगन्ज,२२असाेज:पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयबस्तीमा जारी स्व.रामबहादुर श्रेष्ठ स्मृति गाेल्डकप फुटबलमा साेमबार भएकाे खेलमा वीरगन्ज सिटी क्लब वीरगन्ज विजयी भएकाे छ ।
प्रतियोगिताको तेस्राे दिन साेमबार भएकाे खेलमा वीरगन्ज सिटी क्लबले बिएफसी चितवनलाई १-० गाेलले पराजित गरेकोे हाे ।खेलकाे २५ ओैं मिनेटमा अजय कुमालले गरेकाे एक मात्र गाेल वीरगन्जकाे जितका लागि पर्याप्त बन्याे ।खेलकाे म्यान अफ दि म्याच वीरगन्जका राजन चाैधरी घाेषित भए ।
प्रतियोगितामा मंगलबारकाे खेल वीरगन्ज युथ एकेडेमी र निर्मल समाज युवा क्लब ठाेरीबिच हुने आयाेजक प्रतिभा युवा क्लबका अध्यक्ष गाेपी श्रेष्ठले जानकारी दिए ।
शनिबारदेखि सुरु प्रतियोगितामा १६ वटा टिमले भाग लिएका छन् ।कात्तिक ६ गते हुने फाइनल खेलकाे विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

