काठमाडौं,२४असाेज:विश्वकप छनोट अन्तर्गत जापानविरुद्धको शुक्रबारको खेलमा अलराउण्ड प्रदर्शन गरेर नेपाललाई जित दिलाएका गुल्शन झा प्लेयर अफ द म्याद बनेका छन्। उनले ब्याटीङ र बलिङ दुवैतर्फ महत्वपूर्ण योगदान दिएका थिए।
बलिङतर्फ ४ ओभरमा गुल्सनले २ विकेट लिएर २० रन लिएका थिए भने ब्याटीङतर्फ २८ रनको अविजित पारी खेले ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । यो जितसँगै नेपाल समूह विजेत हुँदै २ अंकसहित सुपर सिक्समा पुगेको छ ।
नेपालले अब सुपर सिक्समा पहिलो खेल आइतबार यूएईविरुद्ध खेल्नेछ।

